युवा संघका दुई गुटबीच कुटाकुट, एमाले गण्डकी प्रदेश सदस्य पौडेल अस्पताल भर्ना


पर्वत । पर्वतमा युवा संघका दुई गुटबीचको विवाद कुटपिटमा पुगेको छ । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्वप्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन् । अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ ।
एमाले स्रोतका अनुसार, तिमिल्सिनानिकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका छन् । उनको टाउको रक्ताम्य बनेको छ । उनलाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ ।
युवा संघ पर्वतको नवौँ जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो । तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए । अ
ध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने लगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।























