स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपुर टुडे


काठमाडौं । काठमाडौं प्रहरीले स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गए राति भारतीय नागरिक सुरज दत्त र रूपन्देही देवदह नगरपालिका–१५ का धर्मप्रसाद ढकाललाई पक्राउ गरेको हो ।
उनीहरूलाई न्युरोडस्थित विशाल बजारको भुइँतलाबाट पक्राउ गरिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । तीनदिन अघिमात्रै परिसरको टोलीले नै सिनामंगलबाट ९५ लाख रपैयाँसहित चार जनालाई पक्राउ गरेको थियो ।
पछिल्लो समय स्रोत नखुलेको रकमको कारोबार हुने सूचनापछि प्रहरीले विशेष टोली खटाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















