काठमाडौँ प्रहरीको हिरासतमा रहेका ६ जनाले दिए १२ को परीक्षा

नवलपुर टुडे


काठमाडौँ, वैशाख २१। आजबाट सुरु भएको कक्षा १२ को परीक्षा काठमाडौँ प्रहरीको हिरासतमा रहेका ६ जनाले पनि परीक्षा दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोसहित ६ जनाले हिरासतबाटै पहिलो दिनको परीक्षा दिएका हुन्।
महतोसँगै सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिनले हिरासतबाटै परीक्षा दिएका हुन्। उनीहरुलाई भद्रकालीपरिसरबाट परीक्षाका लागि छुट्टै केन्द्राध्यक्ष, गार्ड र बेञ्चको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















