कबिन्द्र महर्जन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा छनौट [भिडियाेसहित]

रिदेन महर्जन


काठमाडौं । सानैदेखि संगितमा जीवन अर्पन गरेका कबिन्द्र महर्जन मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन पार गर्दै अगाडिको चरणमा प्रवेश गर्न सफल भएकाे छ ।
चन्द्रागिरि नगरपालिका–१० निवासी तथा काजीमान महर्जन र बिष्णु माया महर्जनका सुपुत्र कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन सफलतापूर्वक पार गर्दै अगाडिको राउण्ड का लागि छनौट भएका छन्।
नेपाल टेलिभिजनबाट शुक्रबारदेखि प्रशारण सुरु भएको सो शोको Episode 1 मा कबिन्द्रले उत्कृष्ठ प्रस्तुति दिएका थिए। कार्यक्रमका ६ जना निर्णायकमध्ये ४ जनाले उहाँलाई अघिल्लो चरणमा प्रवेश हुन सफल भएकाे हाे ।
मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहिबार र शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ।
संगीतप्रति अत्यन्त रुचि राख्ने कबिन्द्रको यो सफलता चन्द्रागिरि क्षेत्रका लागि गर्वको विषय बनेको छ। उहाँलाई आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्न सफल रहाेस् भनेर उनका शुभ चिन्तकहरुले शुभकामना व्यक्त गरेका छन् ।
भिडियाे:

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















