दोलखामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु(तस्बिरसहित)

नवलपुर टुडे


दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु भएको छ । शनिबार प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले एक समारोहका बिच रक क्लाइम्बिङ महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव दुई दिनसम्म चल्नेछ । महोत्सवले साहसिक खेलको प्रवर्द्धन गर्नुका साथै समृद्ध दोलखा निर्माणमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
भीमेश्वर नगरपालिका– २ स्थित सोक्लामा रहेको सो पर्यटकीय गन्तव्य चर्चित भीमेश्वर मन्दिर नजिकै रहेको छ । केही वर्षअघि देखि त्यहाँ रक क्लाइम्बिङको अभ्यास हुँदै आएको थियो । महोत्सवसँगै अब त्यहाँ व्यावसायिक रूपमै रक क्लाइम्बिङको सुरुवात हुने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रम स्थानीय सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विभिन्न दलका स्थानीय नेता, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।








राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















