गैडाकोटको जयश्री फुड्सद्वारा सामाजिक काममा तीब्रता: १ सय १८ जनाले गरे रक्तदान


गैडाकोट, बैशाख २० । जयश्री फुड्स प्रा.ली र जयश्री च्यारिटी नेपाल मार्फत सामाजिक कामलाई तीब्रता दिएको छ । खाद्यान्न उत्पादन मार्फत नेपालभर आफ्नो क्षेत्र विस्तार गरिरहेको जयश्रीले सामाजिक उत्तरदायित्व अन्तगतका कामलाई पनि निरन्तरता दिएको हो ।
शुक्रबार जयश्रीले गैडाकोटस्थित उद्योग परिसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना ग¥यो । रक्तदानमा १ सय १८ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रमको गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले जयश्रीले सामाजिक कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।
उद्योग स्थापना भएको १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालले जिल्ला प्रहरी कार्यालय नवलपुरलाई शुद्ध पिउने पानीको धारा समेत जडान गरिदिएको छ । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गरी बिहीबार फिल्टरसहितको शुद्ध चिसो पिउने पानी आउने धारा जडान गरिएको हो ।
उद्योगले सामाजिक उत्तरदायित्वका कामलाई झन् बढाउँदै लैजाने उद्योगका प्रवन्ध निर्देशक पवन कुमार अग्रवालले बताउनुभयो । जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आफूहरुले विगतमा समेत सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोगको काम गर्ने बताउनुभयो ।
























