इन्टरपोलबाट रेड नोटिस जारी भएका जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति पक्राउ

नवलपुर टुडे


काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका दोलखा, गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोलका रबिन तामाङ (उर्फ बागसिं) इन्टरपोलको रेड नोटिसपछि बिहीबार पक्राउ परेका छन्।
साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल प्रहरीको एनसीबी काठमाडौं टोलीले उनलाई पक्राउ गरेको हो।
दोलखा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दामा फरार रहेका तामाङलाई अन्तर्राष्ट्रिय तहमा खोजी गर्न जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा सन् २०२३ अगस्ट २१ मा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















