बाजुराको जगन्नाथमा मिनी ट्रक दुर्घटनामा परी ४ जना घाइते

उमेश रोकाया


बाजुरा , बैशाख १८ । कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिकामा मिनी ट्रक दुर्घटना भएको छ । बिहीवार दिउँसो साढे १ बजे जगन्नाथ गाउँपालिकाको केन्द्र नजिकै मिनी ट्रक दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव बहादुर चौधरीका अनुसार सुर्खेतबाट जम्ला जादैँ गरेको बा ५ ख ३६७० नम्बरको मालबाहक मिनी ट्रक एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको हो । उनका अनुसार सो दुर्घटनामा परी चालक सहित ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका दिपक विक, सहचालक दैलेखको गुराँस गाउँपालिका ७ का अन्दाजी २१ बर्षका नवराज थापा, बाजुराको बुढीनन्दा नगरपालिका ८ कि अन्दाजी २७ बर्षकी बिमला थापा र अन्दाजी २६ बर्षकी बिमला गुरुङ छन् ।
घाइते मध्ये ट्रक चालक र सहचालकको कोल्टी आधारभूत अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेका छन् । त्यस्तै दुर्घटनामा परी मध्यम घाइते बिमला थापा र बिमला गुरुङको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















