Opens in a new tab

श्रमिक दिवसको शुभकामना दिँदै दाहालले भने- श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गर्नुपर्ने बताएका छन्।

मे दिवसको शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन्। ‘बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ। यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ। यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाइ हुनेछ,’ दाहालद्वारा जारी वक्तव्यमा भनिएको छ।

अगाडि उनले भनेका छन्, ‘अहिले एकातिर प्रतिगामी तत्त्वहरूसँग सङ्घर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने अवस्था आवश्यकता छ। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो।’

उनले नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेको पनि बताएका छन्। ‘किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ। सुशासन, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षाक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो,’ उनले भनेका छन्।