खेलकुद समितिलाई प्रेमा साई ज्वेलर्सद्धारा एसीलगायतका सामग्री सहयोग

नवलपुर टुडे


चितवन । जिल्ला खेलकुद बिकास समिति चितवनलाई प्रेमा साई ज्वेलर्सले एसीलगायतका विभिन्न सामग्री सहयोग गरेको छ । मिलनरोड नारायणगढस्थित प्रेमा साई ज्वेलर्सले आज उक्त सामाग्री सहयोग गरेको हो ।
समितिको कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि ज्वेलर्सबाट सहयोग प्राप्त भएको समितिका अध्यक्ष राजन कार्कीले बताए । ज्वेलर्सले एसीसहित करिब एक लाख ४० हजार रुपैँया बराबरको सामग्री सहयोग गरेको कार्कीले बताए । कार्कीले सहयोगका लागि ज्वेलर्सलाई धन्यवाद व्यक्त गरे ।
ज्वेलर्सका सञ्चालक जुलेन पोख्रेलले समितिको कार्यालयका लागि एसीलगायतका सामग्रीको आवश्यकता महसुस गरेर सहयोग गरेको बताए । आफू पूर्व खेलाडी भएको नाताले खेलकुदको संस्थालाई सहयोग गर्न अघि सरेको बताए । उनले आगामी दिनमा पनि खेल क्षेत्रमा सहकार्य गर्ने बताए ।
३२ वर्षदेखि व्यवसाय गर्दै आएका जुलेनले सामाजिक तथा खेल क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् । यसैबीच खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले जिल्लाको खेलकुद गतिविधिलाई थप व्यस्थित गर्न आफू लागी परेको बताए । यसका लागि खेलकुदका सबै संघ संस्थासँग समन्वय र छलफल भइरहेको उनको बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















