सरकारसँग आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय

नवलपुर टुडे


काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो । सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए ।
शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन । महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो । एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए ।
‘क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता, हामीसँग भएका सहमति र शिक्षा उपसमितिमा विद्यालय शिक्षा ऐनको अन्तरवस्तुले आन्दोलनको स्वरुप निर्धारण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने । उक्त निर्णयपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष सानुमाया पराजुली लगायतका शिक्षक नेताहरु सिंहदरबार गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग वार्ता गर्नका लागि सिंहदरबार गएका हुन् ।
उनीहरुले महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले भने मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न अनुरोध गर्दै आएको छ । महासंघले भने विगतमा सरकारले गरेको सहमति अनुसार ९ बुँदे प्रस्ताव अघि सारिएको जनाएको छ । त्यही अनुसार सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने चेतावनी दिदै आएका छन् ।

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
अरुपनि पढ्नुहोस
सबै
काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
















