गौमुलमा भिरबाट लडेर एक युवक गम्भीर घाइते

उमेश रोकाया


बाजुरा , बैशाख १४ । गौमुल गाउपालिकामा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन । घाईते हुनेमा गाैमुल गाउपालिका वडा नम्बर ३ पातेका ३३ बर्षिया चन्द्र बहादुर धामी रहेका छन । उनी शनिबार दिउसाे जडीबुटी संकलन गर्ने क्रममा साझ ५ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएकाे पारिवारिक श्राेतले जनाएकाे छ ।
बाजुरा र बझाङ जिल्लाको सिमाना पर्ने घोडिलेखको मालिका भन्ने लेखमा जडिबुटी संकलन गर्ने क्रममा भिरबाट खसेर घाईते भएकाे परिवारिक श्राेतले जनाएको छ । घाईते भएका धामी जडीबुटी खोज्ने क्रममा भिर बाट चिप्लिएर घाईते भएकाे स्थानियले बताएका छन ।
गम्भीर घाइते अवस्थामा उनलाई संगै जडिबुटी संकलन गर्न गएका साथिहरू र स्थानिय बासिन्दाहरूको सहयोगम उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउन लागिएको जनाएकाे छ ।
जडीबुटी संकलनका क्रममा सुरक्षा उपायहरूको सावधानी नअपनाउदा यस्ता घटना बढि हुने गरेका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















