म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

रासस


म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र ५ पुलाचौरमा ‘‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताईन् ।
‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,’ उनले भनिन्, ‘आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं १ र ५ मा लागू भएको छ ।’
महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताईन् । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिईन् ।
च्याउ खेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, विउ, एक/एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाई कटाई तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ । रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ ।
दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिक रूपमा बाजा बजाउन र वडा नं २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् ।
पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताईन् ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















