बाजुराको बुढीगंगा नदीमा डुबेर एक जनाको मृत्यु

उमेश रोकाया


बाजुरा , बैशाख १२ । बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृको कार्य गरिरहेका थिए । वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् ।
मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















