स्वामीकार्तिकमा बृहत लोक साँस्कृतिक उत्सव हुने

उमेश रोकाया


बाजुरा, बैशाख ९ । स्वामिकार्तिक खापर गाउँपालिकामा बृहत लोक साँस्कृतिक उत्सव संचालन हुने भएको छ । कलाको सम्मान संस्कृतिको पहिचान भन्ने उदेष्य सहित बृहत लो साँस्कृतिक उत्सव संचालन हुने भएको हो ।
यहाँको कला,संस्कति र स्थानिय भाषालाई प्रचार,प्रसार सहित प्रर्वद्धन गर्ने धेयका साथ बृहत लोक साँस्कृतिक उत्सव संचालन गरिने स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
सुदूरप्रश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना, सह-आयोजकमा गाउँपालिका र रितादेवी जनएकता फाउन्डेशन नेपालको सहकार्यमा साँस्कृतिक उत्सव लाग्ने फाउन्डेशनकी अध्यक्ष रिता शाहीले बताएकी छन् ।
उक्त साँस्कतिक उत्सवको उद्घाटन भने सुदूरप्रश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्ने भएका छन् । साँस्कृतिक उत्सव कार्यक्रम यही बैशाख १३ गते स्वामिकार्तिक खापर गाउँपालिकामा हुने भएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















