Opens in a new tab

राप्रपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

नवलपुर टुडे

29Shares
dida bag ad
काठमाडौँ, वैशाख ८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्।

संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत देशको विद्यमान समस्या समाधान हुन नसकेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले निकट भविष्यमा केही होला भन्ने ‘उज्यालो’ पनि नदेखिएको बताएका छन्।

‘देश दिन प्रतिदिन शिथिल, जर्जर र कमजोर बन्दै गइरहेको छ। सर्वत्र बेथिति अब देशले धान्न सक्दैन। सत्ता, सरकारहरूको परिवर्तनबाट मात्रै पनि केही हुनेवाला छैन। प्रणालीगत त्रुटि सच्याउन नवीन समझदारी आवश्यक र अपरिहार्य छ,’ उनले भनेका छन्।