समाज

फोनिज रुपन्देहीद्वारा प्रदेश र संघीयमा निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

नवलपुर टुडे
२०८२ बैशाख ८ | मध्यान्ह ०८:०१ बजे

बुटवल, बैशाख ८ । आदिबासी जनजाती पत्रकार महासंघ शाखा रुपन्देहीको आयोजनामा हालै सम्पन्न लुम्बिनी प्रदेश र ८औं संघीय अधिवेशनमा रुपन्देही जिल्लाबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा हार्दिक बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा हालै लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट निर्वाचित नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरू राना, केन्द्रीय सचीव मिलन गाहा र केन्द्रीय लेखा समिति सदस्य प्रविण गाहालाई शुभकामना तथा बधाईसमेत सम्मान गरिएका हुन ।

त्यस्तै आदिबासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशको अधिवेशनबाट निर्वाचित प्रदेश महासचिव सोनु थापा मगर र लुम्बिनी प्रदेश सदस्य निर्मल एसपी थापा मगरलाई शुभकामना एवम बधाईसमेत सम्मान गरियो ।

यस्तै पूर्व केन्द्रीय सदस्य लोक नेश ढेगाँ मगर र पुर्व केन्द्रीय सदस्य कमल चौधरी, निवर्तमान अध्यक्ष एवम लुम्बिनी प्रदेशका महासचिव सोनु थापा मगर र पुर्व जिल्ला अध्यक्ष भीम गुरुङलाई फोनिज रुपन्देही जिल्ला शाखाको शनिबार बसेको नियमित मासिक बैठकबाट सल्लाहकारमा चयन भएकोमा हार्दिक बधाई एवम शुभकामनासहित सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरू राना, अतिथिहरु (फोनिज) केन्द्रीय लेखा समिति सदस्य प्रविण गाहा, पुर्व केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका सल्लाहकार लोक नेश ढेगाँ मगर, पुर्व केन्द्रीय सदस्य एवम रुपन्देही जिल्लका सल्लाहकार कमल चौधरी र निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशका महासचिव सनु थापा मगर र लुम्बिनी प्रदेश सदस्य निर्मल एसपी थापा मगर र नेपाल मगर संघ रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरको आतिथ्य रहेका थिए । 

कार्यक्रममा प्रमुख अतिथी सरु राना, अतिथिहरु सोनु थापा र थर्क बहादुर बारघरे मगरले मन्तब्य राख्नुभएको थियो । फोनिज रुपन्देहीका सहसचिव मनु गुरुङको स्वागत मन्तव्य र फोनिज रुपन्देहीका सचीव आकृति थापा मगरको संचालनमा फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाको सभा अध्यक्षतामामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा फोनिज रुपन्देहीका कार्यसमितिका पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम योगिकुटीको बुटवल भ्यु होटेलमा सम्पन्न गरिएको हो ।

कमेन्टहरु