कालीकोटका ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु

नवलपुर टुडे


कालिकोट,बैशाख ८ । कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका ३ लार्प नजिक राति करिब ११ः३० बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाका थप विवरण आउन बाँकी छ ।
दुर्घटनाबारे स्थानीयले प्रहरीलाई राति नै खबर गरेका थिए । खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द चौधरीको नेतृत्वमा टोली राति १ बजे नै सदरमुकाम मान्मबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।घटनास्थल पुग्न अझै करिब एक घण्टा लाग्ने इन्स्पेक्टर चौधरीले जानकारी दिए ।
‘घटनामा चार जनाको मृत्यु भएको भन्ने खबर आएको छ । लोकल युनिटको प्रहरी त्यहाँ पुगिसकेको छ । हामी चिकित्सकसहित जाँदैछौं । घटनास्थल पुग्न अझै एक घण्टाजस्तो लाग्ने अनुमान गरिएको छ’,इन्स्पेक्टर चौधरीले भने ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















