पाल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते

नवलपुर टुडे


तानसेन (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिका–४, मलेङस्थित बेलडाँडामा आइतबार साँझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
लु १ ज १७२४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।
गाडीमा नौजना सवार थिए । घाइतेमध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । साँघुरो घुम्तीका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















