विचार/ब्लग, समाज, साहित्य

साझा जनसवालको जन्ममा हार्दिक शुभकामना !

नवलपुर टुडे
२०८२ बैशाख ७ | मध्यान्ह ०७:०१ बजे

कविता को शिर्षक:

साझा जनसवालको जन्ममा हार्दिक शुभकामना!

निरन्तर खोजमूलक, निडर पत्रकारिताको अभ्यास गर्दै
राज्यको चौथो अंगको रूपमा स्थापित हुने शुभकामना!

डिजिटल युगमा, जहाँ
एक पत्रकार = एक अनलाइन बनेको छ,
तिमी सगरमाथा चुम्ने लक्ष्य लिएर आउँदै छौ,
तटस्थता, स्वतन्त्रता, निष्पक्षता र तथ्यपरकता बोकेर।

तर, किन ढिलो?
यो समाजलाई फेरि पढ्न सिकाउने चुनौती छ,
किनभने पठन संस्कृति खस्कँदो छ।

भाइरलको दुनियाँमा भर्चुअल सत्यको हल्ला छ,
तर दिगोपन र टिकाउपनको अभाव छ।

साझा जनसवाल, तिमी नागरिकका आवाज बन!
नागरिक प्रशासनलाई सेवा केन्द्रित बनाऊ,
झूट, प्रचार र भ्रमबाट टाढा रहनु

भुइँमान्छेहरूको कथा समेट,
तिनका सपना शब्दमा उतार,
गरिबी निवारणका लागि ठोस कदम चाल!

सबैलाई समेट्ने, सत्य खोज्ने,
निरन्तर अपडेट हुने,
एक जिम्मेवार अनलाइन बन।
मेरो हृदयदेखि नै लाखौं शुभकामना

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका वार्ड १०, भकुण्डे, धौलेचउर, बागलुङ
९८४७६५७३००
yambaglung@gmail.com

कमेन्टहरु