विद्यालय बन्द गरेर आन्दोलनमा आऊ, कक्षा १२ को परीक्षामा संलग्न नहोऊः शिक्षक महासंघ

नवलपुर टुडे


काठमाडौं, बैशाख ७ । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई पुनः आग्रह गरेको छ । आन्दोलनलाई निर्णायक बनाउन भन्दै महासंघले देशभरका विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौं आउन आग्रह गरेको हो ,आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ, महासंघले गरेको अपिलमा भनिएको छ, त्यसैले देशभरका सबै विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।
शैक्षिक आम हड्ताललाई सफल बनाउन संस्थागत विद्यालयहरू पनि बन्द गरेर साथ दिन महासंघले आग्रह गरेको छ । आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी सेमिनार, शैक्षिक भ्रमणलगातय कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ, महासंघले भनेको छ ।
साथै कक्षा १२ को परीक्षामा पनि संलग्न नहुने महासंघले शिक्षकहरूलाई आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अनुरोध गरिएको छ, महासंघले भनेको छ ।


मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















