मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

वडा कार्यालय भवन अध्यक्ष मल्ल द्वारा शिलान्यास

उमेश रोकाया
२०८२ बैशाख ६ | मध्यान्ह ०९:०१ बजे

बाजुरा , बैशाख ६ । जिल्ला पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपलिका – १ बिच्छ्याको वडा कार्यालय भवन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले शिलान्यास गर्नुभएको छ । अहिलेसम्म बिच्छ्या रहेकोे निजी घरको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।

नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले शिलान्यास गर्नुभयो । त्यस अवसरमा अध्यक्ष मल्लले गाउँपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत गाउँपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो ।

निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

गाउँपालिका अध्यक्षले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने समाजसेवी जग्गादाता धन्सिङ थापा र लाल बहादुर थापालाई बधाईसहित धन्यवाद व्यक्त गर्नुभयो । समाजसेवी मरासिनीले वडा कार्यालय भवन निर्माणका लागि एक रोपनीभन्दा बढी जग्गा प्रदान गर्नुभएको छ ।

यस वडा कार्यालय भवनको निर्माणको काम अनुसा कालिका कट्र्सन ठेक्का गर्नेगरी सँग सम्झौता भएको छ । ५६ लाख लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको छ । ८ सय वर्ग मिटरमा भवन निर्माण हुन लागेको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, वडा नम्बर १ का अध्यक्ष जोख्या भण्डारी वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा, वडा नम्बर ४ का वडा अध्यक्ष भिमानन्द पाण्डे वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्टहरु