बुढिनन्दा महोत्सवमा गायक लक्ष्मण अधिकारी लगायत कलाकारका प्रस्तुती रहने

उमेश रोकाया


बाजुरा , बैशाख ५ । प्रथम बुढिनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव – २०८२ हुने भएको छ । प्रथम “बुढिनन्दा, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२” उद्घाटन कार्यक्रम संगै पहिलो दिन बैशाख ५ गते शुक्रबार चर्चित देउडा गायक लक्ष्मण अधिकारी गायक ओव्जन परिवार, मनबहादुर रोकाया, धर्मेन्द्र सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहेने भएको छ ।
स्टुडियो मालाश्री प्रालिको आयोजनामा बैशाख ५ गते देखि १५ गतेसम्म बुढिनन्दा नगरपालिका कोल्टीमा महोत्सव आयोजना हुन् लागेको जनाएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८२ मा बुढिनन्दालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको छ ।
स्टुडियो मालाश्री प्रालि आयोजक बुढिनन्दा नगरपालिका सह-आयोजक र हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका सह-प्रबर्द्धनमा महोत्सव सुरु गर्न लागिएको हो । बुढिनन्दा थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव कार्यक्रम संयोजक महेश कार्कीले बताउनुभयो ।
महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु चर्चित देउडा गायक लक्ष्मण अधिकारी गायक ओव्जन परिवार, मनबहादुर रोकाया, धर्मेन्द्र सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी लगायत लगायत स्थानीय कलाकारहरुको पहिलो दिनमा प्रदर्शन गरिने भएको छ ।
महोत्सवले नगरको स्थानीय कला देउडा गायन प्रतियोगिता, हुड्के नाच प्रदर्शन, स्थानीय मागल र चार्ची फाक, भुवाचाली नगरपालिका भरिका परम्परागत नाच सहित उत्कृष्ट प्रतिभाको खोजि गरि जसको प्रतिभा समेत प्रस्तुत गरिनेछ । महोत्सवमा नगरपालिकाका विभिन्न स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत बैशाख ५ देखि १५ वटा विभिन्न नाचहरु प्रदर्शन हुने भएको छ ।
साँस्कृतिक बाजागाजा प्रदर्शनी स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिनेछ । स्थानीय भेषभुषा प्रदर्शनी, विभिन्न बाजागाजा सहित क्षेत्रगत परम्परागत प्रदर्शनी रहने भएको कार्यक्रम संयोजक कार्कीले बताएका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















