स्याङ्जाका संस्थागत विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु

नवलपुर टुडे


वालिङ (स्याङ्जा), वैशाख ४ । स्याङ्जाका नीजि विद्यालयहरूले आजबाट नयाँ शैक्षिक सत्र अनुसार पढाई सुरु गरेका छन् । सरकारी शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेकै बेला भर्ना अभियान चलाएका नीजि विद्यालयहरूले बिहीबारबाट औपचारिक रूपमा विद्यालय खुला गरेका हुन् ।
जिल्लाका प्रायः सबै नीजि विद्यालयहरूले आजबाट औपचारिक रूपमा नयाँ शैक्षिक सत्र सुरु गरेका नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पूर्व केन्द्रीय सदस्य अमृत अर्यालले जानकारी दिनुभयो । नतिजा प्रकाशित गरेसँगै भर्ना अभियान चलाएको भन्दै अर्यालले बिहीबारबाट नियमित पढाई सुरु गरेको जानकारी दिनुभयो ।
जिल्लामा ५२ वटा संस्थागत विद्यालयमा झण्डै १९ हजार विद्यालय पढ्दै आएका उहाँको भनाइ छ ।
भर्ना अभियान समेत अवरुद्ध पारेर आन्दोलन गरिरहेका शिक्षकहरूको कारण विद्यार्थीको भविष्य समेत अन्यौलमा परेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् । पूर्णामृत भवानी माविको अभिभावक सङ्घका पूर्व अध्यक्ष चण्डिप्रसाद ढकालले भर्ना अभियान नै अवरुद्ध पार्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भर्ना अभियान प्रभावित भएको छ जुन सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि राम्रो विषय हैन ।”

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















