Opens in a new tab

माओवादी केन्द्रको जागरण अभियान सफल भइरहेको छः प्रचण्ड

नवलपुर टुडे

29Shares
dida bag ad

नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः सुरू गरेको अभियानका क्रममा आज कावासोती पुगेपछि उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको सुनाए।

“विगतमा हामीले सरकार र काठमाडौं केन्द्रित कुरामा अलि बढी ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ। यसक्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौँ”, अध्यक्ष दाहालले भने, “यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ। सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ।”

पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उनको भनाइ छ।

काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार काम अगाडि बढेको दाबी गरे।

वर्तमान सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उनको धारणा थियो। अभियानका क्रममा नेताहरूले यहाँका बेपत्ता तथा सहिद परिवारसँग भेटघाटसमेत गरेका थिए।