बाजुरामा चट्याङ लागेर नाबालिकाको मृत्यु, एकजना घाइते

उमेश रोकाया


बाजुरा , चैत २८ । बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार चट्याङ लागेर मृतक नाबालिकाकी आमा अन्दाजी २८ की सन्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भागमा पोलिएको छ भने अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















