रवीन्द्र मिश्र र धवलसहित २० जना थप १५ दिन हिरासतमा

नवलपुर टुडे


काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू धवलशमशेर जबरा र रवीन्द्र मिश्रलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार (चैत २६) अदालतले म्याद थप गरेको हो ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोप छ । उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनामाथि अनुसन्धाननिम्ति १५ दिनको म्याद थप भएको काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । पक्राउ गरिएका बाँकी सबैलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको उनले बताए ।
“धवलशमशेर र रवीन्द्र मिश्रसहित राजनीतिसँग जोडिएका २० जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति भएको छ,” उनले भने, “अन्य सबैलाई थप २० दिन हिरासतमा राख्न अनुमति भएको छ ।”

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















