वामपन्थी शक्ति एकजुट हुनुपर्छः प्रचण्ड

रासस


काठमाडौँ, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताउनुभयो । “माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ । हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्र्सवादी चिन्तन हुँदैन”, उहाँले भन्नुभयो ।
कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र सङ्घर्ष हुँदै आएको उल्लेख गर्दै सङ्घर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताउनुभयो ।
सोमबार सम्पन्न सम्मेलनले देवीदुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















