रवि लामिछाने कारागार चलान

नवलपुर टुडे


बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो । आइतबार सरकारी बिदाका कारण उनलाई प्रहरीको हिरासतमै राखिएको थियो । सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशी पनि पुर्पक्षका लागि भैरहवा कारागारमै छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















