Opens in a new tab

रविलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै

नवलपुर टुडे

29Shares
dida bag ad

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइँदै छ। बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका उनलाई कारागार पठाउनका लागि प्रकृया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको विमानमार्फत भैरहवा लगिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। उनलाई त्यो बेलासम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाका आरोपी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश गरेका थिए।यसअघि एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो।