वसन्तकालीन याममा सात समूहलाई सगरमाथा आरोहणको अनुमति

नवलपुर टुडे


काठमाडौँ । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।
विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।
सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी
सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ । हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।
खुम्बु आइसफल क्षेत्रमा अहिले भ¥याङ् राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । “आइसफल क्षेत्रमा चार वटा भ¥याङ र १२ वटा किला ठोकिसकिएको छ”, निर्देशक अवस्थीले भने, “दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।”
सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।
सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० काम गर्ने छ । यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।

देशमा अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी

भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

तनहुँको आँबुखैरेनीमा सामूहिक प्रयासमा फूलखेती

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
अरुपनि पढ्नुहोस
सबै
तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

एनपीएल : सोमपाल र गुलशनले कर्णाली याक्सलाई जिताए, विराटनगर किंग्सको दोस्रो हार

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
















