सुनसरीमा युवकमाथि गोली प्रहार

नवलपुर टुडे


सुनसरी । सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका एक युवकमाथि गोली प्रहार भएको छ । आज (शनिबार) दिउँसो १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।
घटनापछि राईलाई उनीसँगै घाँस काट्न गएका अन्य व्यक्तिहरूले उद्धार गरी अस्पताल पुर्याएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विकास राईले एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको बताए । ‘घटनाको विस्तृत अनुसन्धान आवश्यक छ’, उनले भने । प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान अगाडि बढाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















