रविलाई शनिबार ९ बजे बुद्ध एयरमार्फत भैरहवा ल्याइँदै

नवलपुर टुडे


बुटवल । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।
रवि लामिछानेका सहयोगी अभिनास आचार्यले अहिले ९ बजे बुद्ध एयरबाट भैरहवामा पठाउने जानकारी आएको बताए । रुपन्देहीका एसपी रञ्जित सिह राठौरले आज ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिने र अदालत खुलेपछि कारागार पठाउने बताए । आज र भाेलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा बस्नुपर्ने छ ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















