काठमाडौँबाट पक्राउ परेका रवि लामिछानेलाई भैरहवा पठाइने

नवलपुर टुडे


काठमाडौँ । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा पठाइने भएको छ । बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई शनिबार विमानमार्फत भैरहवा पठाइने प्रहरी प्रधान कार्यालयका कार्यालयका एक जना अधिकृतले बताए । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
यसअघि शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली उनलाई पक्राउ गर्न उनको घरमा पुगेका थिए । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । छुट्टीपछि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















