सांसद बोहराको पार्थिव शरीर भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्त्येष्टि गरिने

नवलपुर टुडे


बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइएको छ । मंगलबार बिहान काठमाडौँको ओम अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो । उनको शव गृहनगर भैरहवामा ल्याई सिद्धार्थनगर नगरपालिका परिक्रमा गरेर अहिले बोहरा निवास राखिएको छ।
श्रद्धाञ्जलीका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि बुधवार बिहान काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । भैरहवामा बोहरा निवास र पार्टी कार्यालय एउटै कम्पाउन्डभित्र छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः काठमाडौँ लगिने भएको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















