बाजुरा क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका रोकाया निर्विरोध चयन

उमेश रोकाया


बाजुरा , चैत १८ । सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बाजुरा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवारका लागि उम्मेदवारको मनोनय दर्ता तोकिएकोमा बाजुरा क्याम्पसका विद्यार्थी संगठनहरुले एकआपसमा भागबण्डा गरेसँगै नेतृत्व सर्वसम्मत चयन भएको हो ।
निर्वाचन समितिले सम्पूर्ण पदमा संगठनहरुविच सहमति भएर एक पदमा एक मात्रै उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नतिजा घोषणा गरेको छ । निर्वाचन समिति संयोजक सुरेश प्रसाद पण्डितले बाजुरा क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका लक्ष्मण रोकाया रहने गरी निर्विरोध नेतृत्व चयन भएको बताएका छन् ।
त्यस्तै क्याम्पस स्ववियु उपाध्यक्षमा नेविसंघका तिलकराज उपाध्याय, सचिव बल बहादुर खड्का चयन भएका छन् । त्यस्तै स्ववियु अन्य पदाधिकारीमा पनि अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीविच भागबण्डा भएको जनाएको छ । सो क्याम्पसमा ४ वटा विद्यार्थी संगठनहरुले संगठन दर्ता गराएका थिए ।
त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयकै अर्को आंगिक बडीमालिका क्याम्पसमा पनि तिनै विद्यार्थी संगठनहरुविच सहमति भएर नेतृत्व चयन भएको बुझिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन भने यहीँ चैत्र २७ गतेका लागि तोकिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















