प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु

उमेश रोकाया


बाजुरा , चैत १७ । बाजुराको सदरमुकाम मार्तडीमा आजबाट प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजनामा प्रथम बडीमालिका महोत्सव सुरु भएको हो । उक्त महोत्वसको आइतवार एक औपचारिक कार्यक्रमविच पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले उद्घाटन गर्दै सुभारम्भ भएको छ । आजबाट सुरु भएको प्रथम बडीमालिका महोत्सव चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै बडीमालिका क्षेत्रको पर्यटन प्रवद्र्धन, रैथाने बालीको उत्पादन, प्रचार प्रसार र संरक्षण तथा स्थानीय कला संस्कृतिको जर्गेना हुने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर विकले बताए । उनका अनुसार उक्त महोत्सवमा महानायक राजेश हमालसँगै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।
बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा रहेका थिए । त्यस्तै महोत्सव उद्घाटन समारोहमा पालिका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख तथा उप्रमुख, राजनीतिक दलका प्रतिनिधि, कलाकार, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















