Opens in a new tab

अर्थ

विश्व बैंकले स्वीकृत गर्‍यो पुल सुधारका लागि २० अर्ब ४० करोड

रासस
२०८१ चैत्र १७ | बिहान ११:१२ बजे
काठमाडौँ, चैत्र १७। विश्व बैंकले तेस्रो पुल सुधार र मर्मत कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ दिने भएको छ। 

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय सहायता प्याकेज आज स्वीकृत गरेको छ। यो रकम नेपालको रणनीतिक सडक सञ्जालका पुलहरूको मर्मत र बलियो बनाउन प्रयोग हुनेछ। वासिङ्टन डिसीस्थित विश्व बैंकको मुख्य कार्यालयले यो जानकारी दिएको छ।

नेपालका पुलहरूले दुर्गम र सहरी समुदायलाई जीवनयापन, स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र आधारभूत सेवाहरूसँग जोड्न ठूलो भूमिका खेल्छन्।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक तथा जलवायुजन्य जोखिमले यस्ता संरचनामा असर गर्ने भएकाले तिनलाई बलियो बनाउन यो सहायता स्वीकृत भएको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

कमेन्टहरु