तीनकुने हिंसा’ मा संलग्न १११ जना पक्राउ, अझै फरार दुर्गा प्रसाईं

नवलपुर टुडे


काठमाडौं । शुक्रबार भएका राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित १११ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं फरार छन् । “अहिलेसम्म पक्राउको संख्या १११ जना पुगेको छ । पक्राउमाथि अनुसन्धान थालेका छौँ । दुर्गा प्रसाईं भने फरार छन,” एसपी बोहोराले भने ।
प्रसाईंको खोजीकार्य जारी रहेको प्रहरीे जनाएको छ । प्रहरीका अनुसार प्रसाइँको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो । तर, आज बिहान त्यहाँबाट पनि उनी अन्यत्र भागेको प्रहरीको अनुमान छ । शनिबार बिहान प्रसाईंले धर्मगुरु खतिवडाको घरमा फलफुल खाएर निस्किएका थिए ।
बालाजु क्षेत्रबाट दुर्गा प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा तोडफोड, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले पक्राउ गर्र्दै अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेहरुको प्रकृति हेरेर मुद्धा चलाउने प्रहरीको तयारी रहेको उनले बताए ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















