आनन्द हस्पिटलका सञ्चालक जयसवाल पक्राउ

अशोक यादव
29


राैतहट । शिवनगरस्थित आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ । मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएपछि जयसवाललाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले केही दिनअघि हस्पिटल अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको पाएपछि बन्द गर्न निर्देशन दिएका थिए। तर, जयसवालले मुख्यमन्त्रीको उक्त आदेश अवज्ञा गर्दै नयाँ बिरामी भर्ना गरी ठगी धन्दा जारी राखेका थिए ।हस्पिटलमा मापदण्डअनुसारका चिकित्सक,उपकरण र पूर्वाधार अभाव रहेको देखिएको थियो । उच्च शुल्क असुल्दै अवैधानिक रूपमा सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरीले आज उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले सञ्चालक जयसवाललाई पक्राउ गरी सोधपुछ गर्ने कार्य भइरहेको बताएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
२०८३ कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे













