नि:शुल्क आँखा चेकजाँच शिविर संचालन

उमेश रोकाया

सारांश
बाजुरा , चैत ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – फैती गाउँमा १ दिने नि:शुल्क आँखा चेकजाँच शिविर संचालन गरिएको छ । हिमाली गाउँपालिका आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल प्राविधिक सहयोग रुइत फाउण्डेशन काठमाणडौंको आर्थिक सहयोगमा १ दिने आँखा चेकजाँच शिविर वडामा संचालन भएको छ ।
उहाँले बताउनुभयो , “आँखा चेकजाँच शिविर संचालन १ सय ९ जना सेवा लिएका छन । पुरुष ५२ महिला ६८ जनाले आँखा नि: शुल्क चेकजाँच संगै औषधि उपचार गरिएको छ । वडामा स्तरीय आँखा शिविरमा २१ जनालाई मोतिबिन्दु अप्रेशनका लागि छनोट गरेर चैत १५ र १६ गते पालिकामा मोतिबिन्दु अप्रेशनका लागि वडाबाट गाउँपालिका रिफर गरिएको हिमाली गाउँपालिका – ४ का वडा अध्यक्ष भिमानन्द पाण्डेले बताउनुभयो ।”
एकै दिनमा वडा ४ फैती र वडा – १ बिच्छया आँखा चेकजाँच शिविर सञ्चालन गरिएको छ । वडा भित्र रहेका जनताहरुले गाउँघरमा आँखा चेकजाँच नि:शुल्क गर्नका लागी पहिलोपटक गाउँमा आँखा शिविर सञ्चालनमा ल्याएको हो । गाउँका विशेषगरी बुढाबुढी घरदैलोमा आँखा परिक्षण गर्न पाउँदा निकै खुशी भएका छन । आँखा चेकजाँच गराउन जिल्ला बाहिर धनगढी जानुपर्ने हुन्थ्यो । अहिले गाउँ घरमै आँखा नि:शुल्क चेकजाँच मात्र नभई उपचार गर्न पाएको हुँदा गाउँका सर्वसाधारण खुशी व्यक्त गरेका छन ।
वडा स्तरमा आँखा चेकजाँच गरेर छनोट गरिएका व्यक्तिलाई मोतिबिन्दु अप्रेशनका लागि चैत्र १५ र १६ गते हिमाली गाउँपालिका घुलाचौर निःशुल्क अप्रेशन गरिने भएको भएको छ । शिविरमा नजिक लेखपढ गर्नेलाई चश्मा शुल्क रु. ४ सय लाग्ने भएको छ । आँखा सम्बन्धि अपांग भएका व्यक्तिलाई समेत चेकजाँच गराएर अपाङ्ग परिचयपत्र दिइने भएको हिमाली गाउँपालिकाले जनाएको छ ।


गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक

बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो















