सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य यादव जसपा नेपालमा प्रवेश

नवलपुर टुडे


भैरहवा । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य नीलम यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । शनिबार (चैत ९) रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका जनाइएको छ ।
यसरी जसपा नेपालमा प्रवेश गर्नेमा जनमतका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी सीता गुरुङका श्रीमान् कैलाश गुरुङ समेत छन् । उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मालगायत नेताको उपस्थिति रहेको जसपा नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















