राष्ट्रिय महिला फुटबलको उपाधि जित्ने दुबै टोलीको लक्ष्य

नवलपुर टुडे


उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए । कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताईन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताईन् ।
आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे । आर्मीविरुद्ध यसअघिका खेलमा हार व्यहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।
आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । हालै सम्पन्न ईलाम गोल्डकपको फाइनलमा आर्मी एपिएफसँग पराजित भएको थियो । एपिएफ भने त्यही लयलाई निरन्तरता दिने सोचमा हुनेछ ।
फाइनलमा टिकटदर तीन सय र दुई सय
एपिएफविरुद्धको फाइनलका लागि चितवन जिल्ला फुटबल संघले तीन सय र दुई सयको टिकटको व्यवस्था गरेको छ । संघका अध्यक्ष श्री कृष्णकार्कीले प्याराफिटका लागि तीन सय तथा प्याराफिट बाहिरका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । दर्शकहरुको सहजतालाई मध्यनजर गर्दै टिकट बिहान १० बजेबाट नै खुला गरिने उनले जानकारी दिए ।
ट्रफी अनावरण
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक कार्कीले आज ट्रफी अनावरण गरेका हुन् । यसैबीच संघले चोटका कारण मैदान बाहिर रहेका एपिएफकी हिरा भुजेल र आर्मीकी दीपा शाहीलाई फाइनलमा नगदसहित सम्मान गर्ने भएको छ ।

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
















