बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

उमेश रोकाया


बाजुरा , चैत ०५ । बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।
बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भिर घाइते भएका छन् । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलीपकुमार गिरीले स्थानीयहरुले सहयोग नगर्दा घाइते युवकलाई आफ्नै कार्यालयको गाडी लिएर जिल्ला अस्पताल पुर्याइएको बताए । घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको बताइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















