स्रोत नखुलेको रकमसहित २ जना नियन्त्रणमा

अशोक यादव


राैतहट, चैत ५ । स्रोत नखुलेको रकमसहित २ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा गस्ती टोलीले ईशनाथ नगरपालिका ४ महुलियास्थित सीमा नाकामा चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३-०३५ प ६४५५ नम्बरको मोटरसाइकलमा सवार रौतहटकै परोहा नगरपालिका ५ का ३५ वर्षीय सहजाद देवान तथा राजपुर नगरपालिका ४ का ३२ वर्षीय शेख सरसामको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको हो ।
सोमबार साँझ पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १ सयको ३ सय ९ थान र ५ सयको १ सय थान गरी कूल ३ लाख ५९ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको नगदसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । बरामद भएको उक्त रकमको स्रोतबारे थप अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















