पत्रकारमाथि हातपात गर्नेलाई कडा भन्दा कडा कारबाही हुन्छः प्रजिअ मिश्र

नवलपुर टुडे


इनरुवा । सुनसरीलाई केन्द्रबिन्दु बनाएर पत्रकारीता गर्दै आएका देवराज यादवलाई कुटपिट गरिएको छ । कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक सुबोध यादवले कुटपिट गरेको र ज्यान मार्ने धम्किसमेत दिएको पत्रकार यादवले बताएका छन् ।
चैत्र १ गते राति अस्पतालको भिडियो किन खिचेको भन्दै अस्पताल सञ्चालक सुबोध यादवले हातपात तथा दुर्ववहार गरि कुटपिट गरेको पत्रकार यादवले बताएका छन्। घटना पश्चात घाइते पत्रकार यादव भोक्राहा नरसिंहमा रहेको सप्तकोशी न्युरो अस्पतालमा भर्ना भै औषधि उपचार गराई घर फर्केका छन् । कुटपिट गर्ने व्याक्तिलाई कानुन अनुसार हदैसम्मको कारवाही गर्न प्रशासन संग पत्रकार यादवले माग राखेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले यस विषयमा निकै नै गम्भीर रहेको बताउनु भएको छ । कोही कसैमाथि हातपात गर्नु दन्डनिय अपराध हो। अझै पत्रकारको सुरक्षा राज्यको दायित्व हो। वहाँका अनुसार सुनसरी जिल्ला प्रहरी र हामी निकै नै गम्भीर छौ, पत्रकार माथि हातपात गर्नेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही हुनेछ र हामीले प्रकृया पनि सुरु गरिसकेका छौ । आजै प्रमुख जिल्ला अधिकारी मिश्र घाइते पत्रकार यादवलाई भेट्न सप्तकोशी न्युरो अस्पताल पुगि जानकारी लिएको थियो ।
कुटपिट गरेको भनिएको व्यक्ति सुवोध यादव संग यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सुवोध यादव औषधि उपचारकालागि अस्पतालमा रहेको उनका आफन्तले फोन सम्पर्कमा बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















