जिउँदै गाईलाई ढुंगाले हानेर कर्णाली नदीमा बगाइयो

उमेश रोकाया


बाजुरा , चैत ०३ । परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् ।
उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















