काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८२६ चालक कारबाहीमा, २४३ सवारी साधन ‘होल्ड’मा

नवलपुर टुडे


काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ८२६ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको होली विशेष चेकिङ कारबाहीमा परेका हुन् । ट्राफिक प्रवक्ता एसपी सञ्जयबहादुर राउतले अहिलेसम्म ८२६ कारबाहीमध्ये २४३ वटा सवारी साधन होल्डमा राखिएको जानकारी दिए ।
“विभिन्न कसुरमा अहिलेसम्म ८२६ जना सवारी चालक कारबाहीमा परिसके । त्यस्तै २२० मोटरसाइकल तथा स्कुटर र २३ वटा चारपांग्रे सवारी छन् । यीमध्ये ६ जनाले लागुपदार्थ सेवन गरेको पाइयो,” एसपी राउतले भने ।
मापसे, लापसे, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई ट्राफिकले कारबाही गर्दै आएको एसपी राउतले बताए ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेले चालकले कसुर हेरेर जरिवाना र सचेतना कक्षामा सहभागी हुनुपर्नेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















