Opens in a new tab

रौतहटमा होलीलाई सुरक्षित बनाउन ५१३ प्रहरी परिचालन गरिने

नवलपुर टुडे

29Shares
dida bag ad

रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकालदेखि हिन्दुहरूले मनाउने होली पर्व आज पहाड र हिमाली जिल्लाहरूमा मनाइँदै छ।

तराईमा भोलि भने फागुन शुल्क पूर्णिमाको भोलिपल्ट मात्र होली मनाउने गरिन्छ । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन एसपीसहित ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा प्रहरी परिचालन हुने भएका हुन् । एसपी घिमिरेले भाइचाराको पर्व होली सभ्य तरिकाले मनाउन जिल्ला बासीलाई आग्रह गरेका छन्।