महोत्तरीमा मालपोतका कर्मचारी र कानून व्यवसायी घुससहित पक्राउ

नवलपुर टुडे


महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले मिति मंगलबार (हिजो) उक्त कारबाही गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो।
सोही सूचना र उजुरीका आधारमा खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ३५,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेका दास र महतोमाथि उक्त रकमसहित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















